Like us!
Follow us!
Connect us!
Watch us!

४२ वर्षे यात्रामा नबिल बैंक: नेपालकै अग्रणी बैंकको सफलता र दिगो भविष्यको प्रतिबद्धता

अर्थ संसार

शनिबार, २८ असार २०८२, १९ : ०५ मा प्रकाशित

४२ वर्षे यात्रामा नबिल बैंक: नेपालकै अग्रणी बैंकको सफलता र दिगो भविष्यको प्रतिबद्धता

नेपालको आधुनिक बैंकिङको आधारशिला ठानिने नबिल बैंकले स्थापनाको ४१ वर्ष पूरा गर्दै ४२ औं वर्षमा प्रवेश गरेको छ। सन् १९८४ मा स्थापना भएको यस बैंकले देशको आर्थिक विकास, वित्तीय आधुनिकीकरण र डिजिटल पहुँचमा उल्लेखनीय भूमिका खेलेको छ।

वार्षिकोत्सवका अवसरमा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले समृद्ध नेपालको यात्रामा बैंकको योगदानलाई गर्वका साथ स्मरण गर्दै आगामी दिनमा अझ उत्तरदायी, नवीन र दिगो बैंकिङ अभ्यासमार्फत अघि बढ्ने प्रतिबद्धता जनाए।

नबिल बैंकले चार दशकमा सबै सूचकांकमा उल्लेखनीय प्रगति गरेको छ। सुरुमा जम्मा २ करोड ८० लाख रुपैयाँ नेटवर्थ भएको बैंकको हालको नेटवर्थ ६१ अर्ब रुपैयाँ नाघिसकेको छ। त्यस्तै, निक्षेप संकलन १४ करोड ६० लाखबाट बढेर ५ खर्ब १० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १३ करोड ३० लाखबाट बढेर ४ खर्ब १५ अर्ब नाघेको छ।

नबिलको कुल सम्पत्ति अहिले ६ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ। प्रारम्भिक वर्षमा १० लाख रुपैयाँ रहेको करपछिको नाफा अहिले ५ अर्ब रुपैयाँ नाघेको छ।

बैंकले शाखा र मानव संसाधनमा समेत उल्लेखनीय विस्तार गरेको छ। सुरुमा दुईवटा शाखाबाट सेवा सुरु गरेको नबिलले अहिले २६८ शाखा, ३२१ एटिएम, २१ एक्सटेन्सन काउन्टरमार्फत देशभर करिब २५ लाख ग्राहकलाई सेवा दिइरहेको छ। कर्मचारी संख्या पनि १४४ बाट बढेर २,४३१ पुगेको छ।

नबिलले उत्पादनमुखी र रोजगारी सिर्जना गर्ने क्षेत्रमा कर्जा प्रवाहलाई प्राथमिकता दिँदै आएको छ। कृषि क्षेत्रमा ४९ अर्ब ५० करोड, ऊर्जा क्षेत्रमा ४० अर्ब, सूक्ष्म, लघु तथा मझौला उद्यममा ३८ अर्ब ५० करोड र ब्याज अनुदान योजनामा ७ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरिएको छ। यस्ता लगानीले देशको उत्पादन वृद्धि र रोजगारी सृजनामा सकारात्मक प्रभाव पारेका छन्।

डिजिटल बैंकिङमा पनि नबिल अग्रणी बनेको छ। मोबाइल बैंकिङ, एनबैंक, क्यूआर भुक्तानी, अनलाइन कर्जा तथा अनलाइन खाता खोल्ने जस्ता प्रविधिमैत्री सेवामार्फत बैंकले ग्राहकलाई छिटो, सुरक्षित र सहज सेवा दिँदै आएको छ।

बैंकले वार्षिकोत्सवको अवसरमा विशेष योजनाहरू ल्याएको छ। पहिलो योजना अनुसार असार २८ देखि भदौ ५ गतेसम्म नयाँ बचत खाता खोल्ने ग्राहकलाई पहिलो वर्ष निःशुल्क डेबिट कार्ड प्रदान गरिनेछ। यो सुविधा सबै प्रकारका बचत खातामा लागू हुनेछ।

त्यस्तै, बैंकले महिलालाई लक्षित गर्दै ‘स्मार्ट नारी घर कर्जा’ योजना पनि सार्वजनिक गरेको छ। यो योजनाअन्तर्गत महिला आवेदकले घर खरिद, निर्माण, मर्मत वा अन्य बैंकबाट कर्जा सार्नका लागि रु. ७ लाखदेखि ५ करोड रुपैयाँसम्मको कर्जा सजिलै पाउनेछन्। पहिलोपटक घर खरिद गर्ने महिलालाई घर मूल्यको ७० प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरिएको छ।

उक्त योजनाअनुसार अधिकतम ३५ वर्षे अवधि, आधार दरमा १.५ प्रतिशत प्रिमियम ब्याजदर र पूर्वभुक्तानी शुल्क नलाग्ने सुविधा दिइनेछ। साथै, ग्राहकले जीवनभर निःशुल्क क्रेडिट कार्डसहित २ लाख रुपैयाँसम्मको सुविधा पनि प्राप्त गर्न सक्नेछन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको