पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाको निक्षेप ७१ खर्ब ८८ अर्ब पुगेको हो ।
नेपाल राष्ट्र बैंकको असार २३ गतेसम्मको तथ्यांक अनुसार वाणिज्य बैंक, विकास बैंक र वित्तीय संस्थाहरुमा उक्त रकम निक्षेप रहेको छ । असार २२ गते बैंक तथा वित्तीय संस्थाहरुमा ७१ खर्ब ७१ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । निक्षेपमध्ये वाणिज्य बैंकहरुमा मात्रै ६४ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थाहरुमा ७ खर्ब ५१ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ ।
यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले कुल ५५ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । कुल कर्जा लगानीमध्ये वाणिज्य बैंकको मात्रै कर्जा लगानी ४९ खर्ब ६६ अर्ब रुपैयाँ रहेको छ । अन्य बैंक तथा वित्तीय संस्थाहरुले भने यो अवधिसम्ममा ६ खबृ २२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।
पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलताको अवस्था रहेको छ । जसको व्यवस्थापनका लागि केन्द्रीय बैंकले बजारबाट रकम उठाइरहेको छ । आइतबार मात्रै केन्द्रीय बैंकले बजारबाट ५० अर्ब रुपैयाँ उठाउँदै छ । अहिले अन्तर बैंक ब्याजर ३ प्रतिशत रहेको छ भने सीडी रेसीयो ७६.६९ प्रतिशत रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस