Like us!
Follow us!
Connect us!
Watch us!

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपाल क्याम्पा कोला उत्पादन

अर्थ संसार

सोमबार, ३० असार २०८२, १७ : ४८ मा प्रकाशित

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपाल क्याम्पा कोला उत्पादन

भारतको प्रतिष्ठित औद्योगिक समूह रिलायन्स इन्डष्ट्रिजले नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी ग्रुपसँगको सहकार्यमा लोकप्रिय कोल्ड ड्रिंक ब्रान्ड क्याम्पा कोला बजारमा ल्याएको छ । क्याम्पा कोला रिलायन्स इन्डष्ट्रिजको एफएमसीजी विंग रिलयन्स कन्जुमर प्रोडक्ट्स लिमिटेड (आरसीपीएल) द्वारा उत्पादित अन्तराष्ट्रिय रुपमा ख्यातिप्राप्त भारतीय कोल्ड ड्रिंक ब्रान्ड हो । 

क्याम्पाकोला भारतको प्रतिष्ठित आईपीएल जस्तो इभेन्टहरुको स्पन्सर समेत रहि सकेको छ । क्याम्पाकोला नेपाल आगमनले रिलायन्सको चौधरी ग्रुपसँगको व्यावसयिक सम्बन्धको विस्तार तथा समग्र नेपालप्रतिको दीर्घकालीन प्रतिबद्धतालाई थप पुगिट गर्ने रिलायन्सले जनाएको छ । सन् २०२२ मा क्याम्पा कोला ब्रान्ड खरिद गरेर २०२३ मा यसले व्यावसायिक उत्पादन पुनः सुरु गरे पश्चता रिलायन्सले भारतीय विरासत कोकेको यस हेरिटेज ब्रान्डलाई फेरि एक पटक लोकप्रिय ब्रान्डका रुपमा स्थापित गर्न सफल भएको छ । हाल क्याम्पा कोला भारतको प्रतिस्पर्धी कोल्ड ड्रिंक हो । 

‘चौधरी ग्रुप जस्तो प्रतिष्ठित साझेदारसँग मिलेर नेपालमा क्याम्पा ब्रान्ड ल्याउन पाउँदा हामी अत्यन्त उत्साहित छौँ,’ आरसीपीउलका कार्यकारी निर्देशक केतन मोदीले भने, ‘क्यापा कोला ५० बर्षभन्दा पुरानो ऐतिहासिक भारतीय ब्रान्ड हो जसले धेरै पुस्तालाई जोड्ने भावनात्मक सन्देश दिन्छ । हामी नेपालमा दीर्घकालीन लगानीको सोच सहित आएका छौँ ।’ क्याम्पा कोला गल्प कोअपरेशन काउन्सिल (जिसिसी) मूलुकहरुमा पहिल्यै स्थापित भइसकेको ब्रान्ड हो । अब नेपालमा पनि चौधरी ग्रुपले यसको स्थानीय उत्पादन र वितरण गर्ने छ । यो ब्रान्डले नेपाली युवाको ‘अडिग आत्मबल र लक्ष्यप्रतिको प्रतिबद्धता’ को प्रतिनिधित्व गर्ने विश्वास दुवै कम्पनीले लिएका छन् । 
कम्पनीका अनुसार क्याम्पा पोर्टफोलियो अन्तर्गत क्याम्पा कोला, क्याम्पा लेमन, क्याम्पा अरेन्ज, क्याम्पा इनर्जी गोल्ड बुस्ट र क्याम्पा इनर्जी बेरी किक प्रारम्भिक रुपमा उपलब्ध हुनेछन् । २५० मिलिलिटर कार्बोनेटड सप्m्ट ड्रिंक (सीएसडी) बोतल (क्याम्पा कोला, क्याम्पा लेमन र क्याम्पा अरेज) को उपभोक्ता मूल्य ३० रुपैयाँ रहेको छ भने क्याम्पा २५० मिलिलिटरको इनर्जी बेरी किकको मूल्य ४० रुपैयाँ रहेको छ । रिफ्रेशिङ स्वाद, जोशिलो प्रस्तुति र आकर्षक प्याकेजिङका साथ क्याम्पा कोला नेपाली बजारमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ । 

चौधरी ग्रुपका प्रबन्ध निर्देश्क निर्वाण चौधरीले नेपामा क्याम्पा कोला ल्याउन रिलायन्ससँग सहकार्य गर्नु चौधरी ग्रुप र समग्र देशका लागि गगौरवको विषयमा रहेको बताए । ‘यो साझेदारीले नेपाली उपभोक्तालाई गुणस्तरीय र ऐतिहासिक पेय पदार्थको स्वादमा रम्न अवसर दिनेछ । हामी हाम्रो वितरण प्राणाली र बजार अनुभवको प्रयोग गरेर क्याम्पा कोलालाई नेपाली बजारमा लोकप्रिय बनाउने छौँ,’ उनले भने । 

 

6874f45c42907.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको