झापा इनर्जी लिमिटेडले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ। बोर्डले असार ३१ गते कम्पनीलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो।
स्वीकृतिपछि कम्पनीले कुल ९ करोड ५० लाख ४७ हजार ५ सय रुपैयाँ बराबरको ९ लाख ५० हजार ४ सय ७५ कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने तयारी गरेको छ।
यस निष्कासनको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले लिएको छ।
झापा इनर्जीले झापा जिल्लामा निर्माण सम्पन्न गरेको १० मेगावाट क्षमताको सौर्य विद्युत आयोजना २०८० साल माघ १० गतेदेखि विधिवत उत्पादनमा आइसकेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस