झापा इनर्जी लिमिटेडको आयोजना प्रभावित स्थानीयका लागि खुला गरिएको आईपीओमा आज (साउन २८) अन्तिम दिन हो। कम्पनीले साउन १४ गतेदेखि आवेदन प्रक्रिया सुरु गरेको थियो।
नेपाल धितोपत्र बोर्डको अनुमति अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका ९ लाख ५० हजार ४७५ कित्ता सेयर बिक्रीमा ल्याएको छ। यसमध्ये ३ लाख ८० हजार १९० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
स्थानीय कोटामा, १ लाख ९० हजार ९५ कित्ता सेयर शिवसताक्षी नगरपालिका–४ भित्र आयोजना स्थलको १०० मिटर वरपरका बासिन्दाका लागि हो भने बाँकी १ लाख ९० हजार ९५ कित्ता १०० मिटर भन्दा बाहिरका अन्य प्रभावित क्षेत्रका लागि हो।
आवेदन फाराम आयोजनास्थल शिवसताक्षी–४ का साथै हिमालयन बैंकका दूधे, दमक, सुरुंगा शाखा र माछापुच्छ्रे बैंकका सुरुंगा तथा दमक शाखाबाट पनि प्राप्त गर्न र बुझाउन सकिनेछ। न्यूनतम १० कित्ता र अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ।
यस आईपीओको बिक्री प्रबन्धकको जिम्मेवारी हिमालयन क्यापिटल लिमिटेडले वहन गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस