झापा इनर्जी लिमिटेडले आज (साउन १४ गते)देखि सेयरको प्रारम्भिक निष्काशन (आईपीओ) जारी गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र नेपाल सरकारबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका नेपालीका लागी आइपिओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९ लाख ५० हजार ४७५ कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट असार ३१ गते अनुमति पाएको थियो। जसबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि ३ लाख ८० हजार १९० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ५७ हजार २९ कित्ता आईपीओ निष्कासन गर्नेछ ।
आयोजना प्रभावितलाई छुट्याइएको जम्मा आईपीओको आधा अर्थात् १ लाख ९० हजार ९५ कित्ता झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा रहको आयोजनाको १०० मिटर वरपर बस्ने नागरिकले र बाँकी १ लाख ९० हजार ९५ कित्ता सोही नगरपालिकाको आयोजनाको १०० मिटर वरपरको क्षेत्र बाहेकमा बस्नेले आवेदन दिन सक्नेछन्।
यसमा आवेदन दिंदा घटीमा १० कित्ता र बढीमा ५ हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था गरिएको छ। यसर्थ यो आईपीओ भर्न कम्तीमा १ हजार रुपैयाँ र बढीमा ५ लाख रुपैयाँ लाग्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस