Like us!
Follow us!
Connect us!
Watch us!

आगामी आर्थिक वर्षको पहिलो महिनाका लागि प्रभु बैंकले घटायो ब्याजदर

अर्थ संसार

बुधबार, ३२ असार २०८२, ११ : ०७ मा प्रकाशित

आगामी आर्थिक वर्षको पहिलो महिनाका लागि प्रभु बैंकले घटायो ब्याजदर

आगामी आर्थिक वर्षको पहिलो महिनाका लागि प्रभु बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले आगामी आर्थिक वर्षको पहिलो दिन साउन १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । 

बैंकले साउन महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेप दुवैको ब्याजदर घटाएको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ भने बैंकले अधिकतम ६.१० प्रतिशत ब्याजदर रहेको थियो ।

यसैगरी बैकले संंस्थागत मुद्दती निक्षेपअन्तर्गत अधिकतम ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनाका लागि यस्तो निक्षेपकमा बैंकले ५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको