Like us!
Follow us!
Connect us!
Watch us!

होपफुल हराइजन र प्रभु बैंकबीच विशेष छुट सम्झौता

अर्थ संसार

बुधबार, ३२ असार २०८२, ११ : १७ मा प्रकाशित

होपफुल हराइजन र प्रभु बैंकबीच विशेष छुट सम्झौता

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई झम्सिखेल, पुल्चोक, ललितपुर स्थित होपफुल हराईजन नेपाल प्रा.लि मा मानसिक स्वास्थ सम्बन्धि सेवाहरुमा विशेष छुट प्रदान गर्न दुई पक्षीय समझदारी भएको छ ।

एक समारोहका बिच होपफुल हराईजन नेपाल प्रा.लि का तर्फबाट डा.प्रकृति प्रधान र प्रभु बैंकका तर्फबाट प्रमूख मार्केटिङ अफिसर रमेश कुमार श्रे्रष्ठले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त समारोहमा प्रभु बैंकका प्रिभिलेज बैंङ्किङ प्रमूख,अन्जु बस्नेतको पनि उपस्थिति थियो ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंकका ग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक होपफुल हराईजन नेपाल प्रा.लि मा पेश गर्नुपर्ने छ ।

होपफुल हराईजन नेपाल प्रा.लि नेपालको एक दक्ष एवं अनुभवी विषेशज्ञहरुको टोलि द्धारा निजी क्षेत्रवाट सञ्चालित मानसिक स्वास्थ सेवा प्रदायक संस्था हो । यस संस्थाले सबै उमेर समूहका लागि विभिन्न किसिमका मानसिक स्वास्थ सम्बन्धि सेवाहरु उपलब्ध गराउँदै आईरहेको छ ।
त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणि बैंकको रुपमा रहेको तथा 'बैंक अफ द इयर २०२३' को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३१२ शाखा कार्यालयहरु, २८६ एटीएम साथै ६८ एक्सटेन्सन काउन्टर बाट करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको