Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्रिय प्रसारणमा जोडिदै चमेलियाको दोस्रो युनिट, १५ मेगावाट विद्युत् थप हुने

मंगलबार, १६ माघ २०७४, ११ : १३ मा प्रकाशित

राष्ट्रिय प्रसारणमा जोडिदै चमेलियाको दोस्रो युनिट, १५ मेगावाट विद्युत् थप हुने

अर्थ संसार, काठमाडौँ – चमेलिया जलविद्युत् आयोजनाको दोस्रो युनिट यही माघ १८ गते विहिबारदेखि सञ्चालनमा ल्याउने तयारी गरिएको छ ।

आयोजनाले विगत एक महिनादेखि पहिलो युनिटबाट १५ मेगावाट विद्युत् उत्पादन गरिरहेको छ ।

यही माघ १८ गतेदेखि दोस्रो युनिट पनि चलाउने तयारी गरिएको आयोजनाले जानकारी दिएको छ ।

प्राधिकरणले दोस्रो चरणमा १५ मेगावाट विद्युत् प्रणालीमा जोड्न प्रारम्भिक परीक्षण गर्ने तयारी गरिएको छ । आयोजनाको रिलायविलीटी परिक्षण सम्पन्न भएपछि विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्ने तयारी गरिएको छ ।

दुई वटा युनिट सञ्चालन भएपछि दैनिक ६ घन्टा पूर्ण क्षमतामा ३० मेगावाट विद्युत उत्पादन हुने आयोजना प्रमुख अजय दाहालको भनाई छ ।

दार्चुलामा निर्माण सम्पन्न भएको उक्त  आयोजनामा १५ मेगावाट क्षमताका दुई वटा युनिट जडान गरिएको छ । निर्माण सुरु भएको १२ वर्षपछि चमेलिया पूर्ण क्षमताका सञ्चालन ल्याउन लागिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको