घरको सौन्दर्य र स्वास्थ्यलाई मध्यनजर राख्दै, भेटायोले सोफा सफाइ सेवा सुरू गरेको छ। यस सेवामा ग्राहकहरूले काठमाडौं उपत्यकाभित्र घरमै बसेर ६ सयमा प्रोफेशनल सोफा सफाइ सेवा प्राप्त गर्न सक्नेछन्।
यसले ग्राहकको समय र श्रमलाई बचत गर्दै घरको सफाई कार्य सजिलो बनाउनेछ। हाम्रा दैनिक जीवनमा प्रायः प्रयोग हुने सोफामा धुलो, दाग, र ब्याक्टेरिया सजिलै जमेका हुन्छन्। नियमित सफाइ नगरेका कारण सोफाको आकर्षण मात्र घट्दैन, परिवारको स्वास्थ्यमा समेत असर पर्न सक्छ। यसले खोकी, एलर्जी र छालासम्बन्धी समस्याहरू निम्त्याउन सक्छ। त्यसैले सोफाको सफाइका लागि विशेषज्ञको मद्दत आवश्यक छ।
भेटायोको अनुभवी सफाइ टोलीले इको-फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्री प्रयोग गरेर सोफालाई नयाँजस्तै चम्किलो बनाउँछ। धुलो, दाग, गन्ध र जीवाणुहरूको प्रभावकारी हटाउने विशेष प्रविधि प्रयोग गरिन्छ। औसतमा, यो सेवा ४० मिनेट देखि १ घण्टा भित्र सम्पन्न गर्न सकिन्छ।
सेवा बुकिङ प्रक्रिया
सेवा बुक गर्न ग्राहकहरूले ‘भेटायो’ मोबाइल एप प्रयोग गर्न सक्नुहुन्छ, वा भेटायोको कल सेन्टर (फोन: ९८०१०८८०८०) मा सम्पर्क गर्न सक्नुहुन्छ। ग्राहकले आफूलाई उपयुक्त मिति र समय छान्न सक्नेछन्, र तोकिएको समयमा सफाइ टोली घरमै पुगेर सफाइ र सुख्खाइ प्रक्रिया सम्पन्न गर्छ।
अन्य सेवाहरू
भेटायो एपमा १५ भन्दा बढी सेवाहरू उपलब्ध छन्, जसमा प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लिनिङ, ड्राइभर सेवा लगायतका सेवाहरू पनि समावेश छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस