Like us!
Follow us!
Connect us!
Watch us!

एनआइसी एशिया बैंकले सार्वजनिक गर्‍यो साउनका लागि नयाँ ब्याजदर ?

अर्थ संसार

बुधबार, ३२ असार २०८२, ११ : ४१ मा प्रकाशित

एनआइसी एशिया बैंकले सार्वजनिक गर्‍यो साउनका लागि नयाँ ब्याजदर ?

आगामी आर्थिक वर्षको पहिलो महिना साउनका लागि एनआइसी एशिया बैंकले ब्याजदर घटाएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत र संस्थागत मुद्दति दुवैको ब्याजदर असारको भन्दा घटेको हो । 

साउन महिनाका लागि बैंकले व्यक्तिगत मुद्दतिका लागि ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनामा यो बैंकको यस्तो मुद्दति खाताको ब्याजदर ६.५५ प्रतिशत रहेको थियो । 

त्यस्तै बैंकले संस्थागत मुद्दतिमाको ब्याजदर पनि घटाएको छ । बैंकले साउन महिनाका लागि संस्थागत मुद्दतिमा ५.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । असार महिनामा यस्तो मुद्दतिको ब्याजदर ५.५५ प्रतिशत रहेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको