सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देश भरका १४८ शाखा कार्यालयहरुमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । बैंकले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८१/८२ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको हो ।
बैंकको कोशी प्रदेशका १९, मधेश प्रदेशका १६, बाग्मती प्रदेशका ४७, गण्डकी प्रदेशका १४, लुम्बिनी प्रदेशका ३२, कर्णाली प्रदेशका ११ तथा सुदूरपश्चिम प्रदेशका ९ शाखाहरु मार्फत विभिन्न उमेर समुहका व्यक्तिहरु, महिला, विद्यार्थी, कृषक, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्तिहरु र अन्य समुहका गरि विभिन्न वर्गलाई वित्तिय साक्षरताका विभिन्न कार्यक्रमहरुको आयोजना गरी करिब १० औं हजार लक्षित वर्गलाई वित्तीय ज्ञान प्रदान गर्ने कार्य गरेको हो । कार्यक्रममा उपस्थित सम्पूर्णमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा विस्तृत प्रकाश पारिएको छ । यस सँंगै वित्तीय साक्षरताको अवस्था र डिजिटल बैकिङ्गको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी गराईएको छ । नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैकिङ्ग प्रणालीकै प्रयोग गर्न समेत उक्त कार्यक्रमबाट आग्रह गरिएको छ ।
बैकिङ्ग प्रणाली मजवुत हुने र सर्वसाधारणमा वित्तीय ज्ञानको विकास हुने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले यस अघि नै देशका बिभिन्न स्थानहरुमा स्वस्थ शिविर सञ्चालन, समुदायिक विद्यालय एंव असाएहरुको लागि संचालित संस्थाहरुमा सहयोगहरु गरिसकेका छ ।
विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र सीआरएन नम्बर सेवा लिन सकिने सुबिधा पनि ल्याएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६७ वटा ए।टि।एम।, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख १२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस