नबिल बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) द्वारा प्रदान गरिने 'उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४' बाट सम्मानित भएको छ। आइक्यानले आर्थिक वर्ष २०२३/२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।
यसअघि आर्थिक वर्ष २०२२/२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड प्राप्त गरेको थियो।
अवार्ड शुक्रबार काठमाडौंमा आयोजित एक औपचारिक समारोहमा महालेखापरिक्षक तोयम रायले नबिल बैंकका प्रमुख वित्त अधिकृत सन्दिप बाबु पौडेललाई हस्तान्तरण गरेका थिए। बैंकको यो अवार्ड प्राप्त वार्षिक प्रतिवेदन अब दक्षिण एसिया फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा दक्षिण एसियाली स्तरमा प्रदान गरिने साफा बिपिए अवार्ड को लागि नेपालबाट मनोनयनमा पर्नेछ।
नबिल बैंक नेपालकै एक अग्रणी बैंक हो, जसले २५ लाखभन्दा बढी ग्राहकहरूलाई देशभर फैलिएका २६८ शाखा र ३२१ एटिएम मार्फत सेवा दिँदै आएको छ। नवीनतम प्रविधिको प्रयोगमार्फत सेवा प्रवाह गर्दै आएको नबिलले नेपाली बैंकिङ प्रणालीको विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस