Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरमा २५ करोडको सेयर लगानी गर्दै सिनर्जी पावर

अर्थ संसार

बुधबार, ०७ साउन २०८२, १२ : १३ मा प्रकाशित

हाइड्रोपावरमा २५ करोडको सेयर लगानी गर्दै सिनर्जी पावर

सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले दुई जलविद्युत् आयोजनामा २५ करोड रुपैयाँ बराबरको सेयर लगानी गर्ने भएको छ। मंगलबार साँझ बसेको कम्पनीको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

कम्पनीले एपेक्स मकालु हाइड्रोपावर लिमिटेड मा ११ लाख कित्ता सेयर खरिदमार्फत ११ करोड रुपैयाँ र गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेड मा १४ लाख कित्ता सेयरमार्फत १४ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।

सिनर्जीले यसअघि नै एपेक्स मकालु हाइड्रोपावरमा ४४ करोड २७ लाख ४४ हजार रुपैयाँ लगानी गरिसकेको छ। अहिले थप ११ करोड रुपैयाँ लगानी गर्ने निर्णयसँगै एपेक्समा कम्पनीको कुल सेयर लगानी ५५ करोड २७ लाख ४४ हजार रुपैयाँ पुग्नेछ।  एपेक्स मकालु हाइड्रोपावर लिमिटेडले सोलुखुम्बु जिल्लाको होंगु खोलामा २२ मेगावाट क्षमताको 'मध्य होंगु खोला ए' आयोजना निर्माण गरिरहेको छ भने, गौरीशंकर पावर डेभलपमेन्ट लिमिटेडले सोही खोलामा २३ मेगावाट क्षमताको 'मध्य होंगु खोला बी' आयोजना निर्माण गरिरहेको छ।

सिनर्जी पावरको पछिल्लो लगानी निर्णयले कम्पनीको जलविद्युत क्षेत्रमा रणनीतिक विस्तारलाई संकेत गर्दछ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको