Like us!
Follow us!
Connect us!
Watch us!

दरमखोला हाईड्रो इनर्जीको आईपीओ सर्वसाधारणलाई बिक्रीमा

अर्थ संसार

विहीबार, ०८ साउन २०८२, १० : २६ मा प्रकाशित

दरमखोला हाईड्रो इनर्जीको आईपीओ सर्वसाधारणलाई बिक्रीमा

दरमखोला हाईड्रो इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको  छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई आईपीओ बिक्री गरेपछि अब दोस्रो चरणमा आम सर्वसाधारणका लागि  १५ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल ३९ लाख ५० हजार कित्ता सेयर निष्कासनको स्वीकृति प्राप्त गरेको थियो। पहिलो चरणमा आयोजना प्रभावितलाई १० लाख ३० हजार ५०० कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख ९१ हजार १५० कित्ता सेयर वितरण गरिसकेको छ।

अब बाँकी सेयरमध्ये १ लाख ४५ हजार ९७५ कित्ता सामूहिक लगानी कोषका लागि र ५८ हजार ३९० कित्ता कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ। बाँकी रहेका २४ लाख २३ हजार १८५ कित्ता शेयर भने आम सर्वसाधारणका लागि सार्वजनिक गरिएको हो। आईपीओमा कम्तीमा १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन दिने अवधि साउन १५ गतेदेखि सुरु भई साउन १९ गतेसम्म कायम रहनेछ।

यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको