सांग्रिला विकास बैंकले असार मसान्तसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार अनुसार बैंकको लाभांश क्षमता २१३.८१ प्रतिशतले वृद्धि भएको देखिएको छ। बैंकको अघिल्लो वर्ष असारसम्म १३ करोड १८ लाख मात्रै रहेको लाभांश क्षमता गत असारसम्म बढेर ४१ करोड ३८ लाख रुपैयाँ पुगेको हो।
नाफा
गत आर्थिक वर्षमा बैंकले ५३ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०।८१ मा बैंकले ५० करोड ४२ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। यो हिसाबले बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ६.५१ प्रतिशतले बढेको छ।
सञ्चालन मुनाफा
समीक्षा वर्षमा बैंकको सञ्चालन मुनाफा बढेर ७७ करोड ४२ रुपैयाँमा भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ७० करोड ३४ लाख रुपैयाँमा सीमित थियो।
चुक्तापुँजी/ रिटिन्ड अर्निङ/ रिजर्भ
चुक्तापुँजी ३ अर्ब ५५ करोड ६२ लाख रुपैयाँ रहेको बैंकको रिटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः ४१ करोड ३८ लाख रुपैयाँ र १ अर्ब ६० करोड ३० लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ र रिजर्भमा क्रमशः १३ करोड १८ लाख रुपैयाँ र १ अर्ब ४२ करोड १५ लाख रुपैयाँ थियो।
निक्षेप संकलन/कर्जा लगानी
समीक्षा वर्षमा बैंकले ५४ अर्ब ६६ करोड ८४ लाख रुपैयाँ निक्षेप संकलन गरी ४३ अर्ब २ करोड १४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले ५४ अर्ब २ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब ७८ करोड ६९ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।
खराब कर्जा
समीक्षा वर्षमा बैंकको खराब कर्जा अनुपात बढेर ५.६४ प्रतिशतमा पुगेको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि बैंकको एनपीएल ३.९३ प्रतिशत थियो।
प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ
बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी बढेर १५.१० रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस १४.७० रुपैयाँमा सीमित थियो। पीई रेसियो ३०.६५ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५६.७१ रुपैयाँ रहेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस