Like us!
Follow us!
Connect us!
Watch us!

बुढीगण्डकीको मुआब्जा वितरण रोकिएकोमा धादिङ र गोरखाका सांसदको आक्रोश

बुधबार, १७ माघ २०७४, १६ : ३५ मा प्रकाशित

बुढीगण्डकीको मुआब्जा वितरण रोकिएकोमा धादिङ र गोरखाका सांसदको आक्रोश

अर्थ संसार, काठमाडौं – बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण प्रक्रिया सुरु नगरेको भन्दै आयोजना प्रभावित धादिङ र गोरखाका सांसदले आपत्ति जनाएका छन् ।

ऊर्जा मन्त्रालयमा आज आयोजित छलफल कार्यक्रममा दुवै जिल्लाका सांसदले लामो समयदेखि मुआब्जा वितरणको काम सुरु हुन नसकेकोमा गुनासो गरेका हुन् ।

धादिङका सांसद खेम लोहनीले लामो समयसम्म आयोजनाको मुआब्जा वितरण रोकेर सरकारले नागरिकमाथि ज्यादती गरेको बताए । गोरखाका सांसद हरि अधिकारीले राष्ट्रिय गौरवको आयोजनाले जनतालाई गौरवको अनुभूति समेत गर्न नदिएको भन्दै आपत्ति जनाए ।

धादिङका प्रदेशसभाका सांसद जगत सिंखडाले भूकम्पबाट प्रभावित जनतालाई ज्यादती गरेको भन्दै तत्काल मुआब्जा वितरण गर्न माग गरेका थिए ।

ऊर्जा मन्त्री कमल थापाले आयोजना प्रभावितलाई विगत केही समयदेखि रोकिएको मुआब्जा वितरण प्रक्रिया तत्काल सुरु गरिने बताएका थिए ।

एक हजार २०० मेगावाट क्षमताको सो आयोजनामा चालु आवमा रु १० अर्ब मुआब्जा वितरण गर्नुपर्ने भएपनि हालसम्म रोकिदै आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको