पिपुल्स पावर लिमिटेडका संस्थापक, कर्मचारी र स्थानीयको सेयरको लक-इन अवधि भदौ १२ गते सकिँदैछ। कम्पनीले धितोपत्र बोर्डमा दर्ता भएको लक-इन सेयरहरूको अवधि समाप्त हुने जानकारी सार्वजनिक गरेको हो।
कम्पनीका कुल ३९ लाख ७ हजार ९४८ कित्ता सेयर लक-इनमा रहेका थिए। तीमध्ये संस्थापक समूहका ३२ लाख २६ हजार कित्ता, कर्मचारीका ४९ हजार ३४८ कित्ता, र स्थानीयवासीका ६ लाख ३२ हजार ६ सय कित्ता सेयर समावेश छन्।लक-इन अवधि सकिएपछि ती सेयरहरू दोस्रो बजारमा किनबेच गर्न सकिनेछ, जसले बजारमा तरलता थप्ने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस