Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको अर्थतन्त्र संवेदनशील मोडमा रहेको छ, सुधारको आवश्यकता छ– अनलराज भट्टराई

अर्थ संसार

आइतबार, ११ साउन २०८२, १२ : १६ मा प्रकाशित

नेपालको अर्थतन्त्र संवेदनशील मोडमा रहेको छ, सुधारको आवश्यकता छ– अनलराज भट्टराई

बैंकिङ विज्ञ तथा अनलराज घट्टराईले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा पुगेको भन्दै यसको सुधारका लागि संरचनात्मक सुधार तथा नीति कार्यान्वयनको प्रभावकारिता आवश्यक रहेको बताएका छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आइतबार आयोना गरेको फ्युचर बैंकिङ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । 

उनले डिजिटल प्रविधिमा आधारित भविष्यमुखी बैंकिङ प्रणाली अवलम्बन गर्न आवश्यक रहेको बताए । ‘ब्याजदर कम हुँदै गएको छ, तर कर्जाको मागमा सुधार देखिएको छैन, लगानीकर्ताको आत्मविश्वास कमजोर छ, तर ऋणीहरू ऋणको भारले थलिएका छन्,’ उनले भने । उनका अनुसार नेपालको अर्थतन्त्र सुस्त वृद्धि, औद्योगिक उत्पादकत्वमा कमी, निष्क्रिय कर्जाको वृद्धि, घट्दो उपभोक्ता खर्च र मुद्रा कमजोर हुँदै गएको जस्ता चुनौतीहरूमाझ छटपटिइरहेको छ। यस्तो अवस्थामा नेपालको वित्तीय प्रणालीलाई चुस्त, लचकदार र समसामयिक प्रविधिसँग सुसज्जित बनाउन जरुरी रहेको उनको भनाइ थियो । 

भट्टराईले नियो बैंकको अवधारणालाई फ्युचर बैंकिङको सम्भावित मोडलका रूपमा प्रस्तुत गरे । ‘परम्परागत भौतिक शाखाको सट्टामा डिजिटल प्लेटफर्ममार्फत सेवा दिने नियो बैंकले वित्तीय पहुँच विस्तारमा योगदान दिन सक्छ,’ उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको