Like us!
Follow us!
Connect us!
Watch us!

डेपुटी गभर्नर ढुंगाना भन्छिन् ‘निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ’

अर्थ संसार

आइतबार, ११ साउन २०८२, १२ : ५७ मा प्रकाशित

डेपुटी गभर्नर ढुंगाना भन्छिन् ‘निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति बढ्दै गएको छ’

नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले पछिल्लो समय निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति बढ्दै गएको बताएकि छिन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको फ्युचर बैंकिङ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपालको अर्थतन्त्रको अधिकांश सूचकमा सुधार देखिएको देखिए पनि निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति बढ्दै गएको बताएकी हुन् । 

उनले डिजिटल बैंकिङ प्रणालीसँगै आर्थिक कारोबार सहज भए पनि वित्तीय अनुशासन र जोखिम व्यवस्थापनमा अझै ध्यान दिनुपर्ने आवश्यकता बताइन् । ‘मौद्रिक नीति आयो, बजेट आयो र दुबैमा बैंकिङ क्षेत्रलाई प्राथमिकतामा राखिएको छ,’ उनले भनिन, ‘अहिले कारोबार गर्न सजिलो भएको छ, तर सजिलोसँगै खर्च पनि बढिरहेको छ ।’

अहिलेको अवस्था मूल्यांकन गर्दा बैंकहरूमा निष्क्रिय कर्जाको मात्रा बढिरहेको छ । साथै गैरबैंकिङ सम्पत्तिको वृद्धि र कालोसूचीमा पर्ने ऋणीहरूको संख्या समेत बढ्दो क्रममा छ, जसप्रति समयमै ध्यान दिन जरुरी रहेको समेत उनले उल्लेख गरिन् । बैंकर र व्यवसायीको भूमिका छुट्याउने विषयमा समेत हाल छलफल भइरहेको उल्लेख गर्दै उनले थपिन्, ‘वित्तीय प्रणालीको विश्वसनीयता कायम राख्न सबैतर्फबाट उत्तरदायी भूमिका आवश्यक छ ।’
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको