लगातार बढेको आठ कारोबार दिनपछि सेयर बजारमा आइतबार ‘करेक्सन’ आएको छ । यस दिन नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.४४ अकंले घटेको हो । सो अंकको गिरावटपछि नेप्से २९६४.२० विन्दुमा कायम भएको छ ।
आज ३२३ कम्पनीका ५ करोड ८६ लाख ५३ हजार ७६२ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम २६ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ। आज आइतबार ९ उपसूचक राताम्य भएका छन् भने ४ उपसूचकमा सुधार देखिएको छ। वाणिज्य बैंक समूह ०.९१ प्रतिशतले, फाइनान्स समूह २.२२ प्रतिशतले, र होटल तथा पर्यटन समूह १.९१ प्रतिशतले घटेका छन्।
यसदिन ६३ कम्पनीका सेयर मूल्य बढेको छ भने १८६ कम्पनीका घटेको छ। बजार समग्रमा ओरालो लाग्दा पनि ३ कम्पनीका सेयरमा सकारात्मक सर्किट लागेको छ।
आज कारोबार सुरु भएपछि नेप्से ३००२.२० बिन्दुमा पुग्दै चार वर्षको उच्चतम बिन्दु छोए पनि अन्त्यमा दोहोरो अंकले घटेर बन्द भएको हो।
२०७८ भदौ २ मा ऐतिहासिक ३१९८ अंक पुगेको नेप्से त्यसयता ओरालो लागेपछि अहिले पुनः सुधारको बाटोमा छ।
आज सबैभन्दा धेरै शिवम् सिमेन्टको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब २ करोडमाथिको सेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ८८ करोड ९० लाख रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको ८५ करोड २ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै समता घरेलु लघुवित्त वित्तीय संस्था र ट्रेड टावरका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सान्भी इनर्जीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् । लुम्बिनी विकास बैंकका लगानीकर्ताले ८.४७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबेभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले ६.३४ प्रतिशतका दरले गुमाएका छन् ।
चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले ल्याएको लचिलो मौद्रिक नीति, अर्थतन्त्रसँग सम्बन्धित सूचकहरूमा देखिएको सकारात्मक सुधार र लगानीकर्ताको विश्वासमा आएको उल्लेखनीय वृद्धि लगायतका कारणले असारको अन्तिम सातादेखि सेयर बजारमा सकारात्मक लयतर्फ जाने नै देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस