नेपाल स्कट एक्सचेञ्ज (नेप्से) ९.१९ अंकले बढेर २,६३१ को विन्दुमा कायम भएको छ ।
आज ३१८ कम्पनीको १ करोड ४१ लाख ७२ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ३८ करोडको सेयर कारोबार भएको छ ।
यसदिन ११ उपसूचकमा हरियाली आएको छ । माइक्रोफाइनान्सको सेयरमूल्यमा उच्च सुधार आएको छ । माइक्रोफाइनान्सको सेयर १.०४ प्रतिशतले शेयर मूल्य बढेको छ । आज बैंकिङ समूहको ०.५६ प्रतिशत, विकास बैंक समूहको ०.६६ प्रतिशत, फाइनान्स समूहको ०.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.०१ प्रतिशतले सेयरमूल्य बढेको छ ।
आज सबैभन्दा धेरै साहस ऊर्जा कम्पनीको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ३६ करोड ५३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सानिमा माई हाइड्रोपावर कम्पनीको ३१ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ३० करोड ७५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै राप्ती हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका हुन् । धौलागिरी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९.८० प्रतिशतका दरले कमाएका छन् । विन नेपाल लघुवित्तका लगानीकर्ताले ९.१६ प्रतिशतका दरले कमाएका छन् । सिन्धु विकास बैंकका लगानीकर्ताले ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४.९२ प्रतिशतका दरले गुमाएका हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस