Like us!
Follow us!
Connect us!
Watch us!

मदन भण्डारीले दिएको सदस्यता कसैले खोस्न सक्दैन- विद्या भण्डारी

अर्थ संसार

शुक्रबार, ०९ साउन २०८२, १६ : १२ मा प्रकाशित

मदन भण्डारीले दिएको सदस्यता कसैले खोस्न सक्दैन- विद्या भण्डारी

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफ्नो सदस्याता कसैले पनि खोस्न नसक्ने बताएकी छिन् । आज पत्रकार सम्मेलन गर्दै उनले आफू एमालेको राजनीति गरेर नै राष्ट्रपति भएकाले अहिले बखेडा झिक्न नहुने बताएकी हुन् । 

उनले आफूलाई मदन भण्डारीले सदस्यता दिएकाले कसैले खोस्न नसक्ने बताएकी हुन् । ‘मलाइ जननेता मदन भण्डारीले सदस्यता दिनु भएको हो । उहाँले विराटनगरमा दिएको सदस्यता अहिले कसैले चाहेर पनि खोस्न सक्दैन,’ उनले भनिन् । 

त्यस्तै उनले आफू राजनीतिक व्यक्ति भएकाले नै राष्ट्रपति भएको र राष्ट्रपतिको जिम्मेवारी पूरा गरि राजनीतिक दलमा नै आबद्ध भइ देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो विषय नभएको दाबी गरिन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको