सुर्खेतमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१२ नेवारेका ५५ वर्षीय धनिराम आचार्य र उनकी ५० वर्षीया श्रीमती धनकुमारी उपाध्यायको मृत्यु भएको हो ।
शुक्रबार बिहान आफ्नै घरमा विद्युतीय मेसिन प्रयोग गरी घाँस काटिरहेको अवस्थामा उनीहरूलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । मेसिनको तार सर्ट भएर करेन्ट लाग्दा दुवै जना गम्भीर घाइते भएका थिए । घाइते दम्पतीलाई उपचारका लागि तत्काल प्रदेश अस्पताल कालागाउँ लगिएको थियो ।
उपचारकै क्रममा अस्पतालले दुवै जनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस