Like us!
Follow us!
Connect us!
Watch us!

सीडी रेसियो घट्दै, कर्जा सुस्ताउँदै - पैसा हुँदा पनि किन रोकियो बैंकहरुको लगानी ?

अर्थ संसार

आइतबार, ११ साउन २०८२, १३ : २६ मा प्रकाशित

सीडी रेसियो घट्दै, कर्जा सुस्ताउँदै - पैसा हुँदा पनि किन रोकियो बैंकहरुको लगानी ?

आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म आइपुग्दा वाणिज्य बैंकहरूसँग लगानीयोग्य तरलता प्रशस्त देखिएको छ। तर, त्यसको प्रयोग गरेर कर्जा प्रवाह भने अपेक्षाअनुसार हुन सकेको छैन।

नेपाल राष्ट्र बैंकको नीति अनुसार, बैंकहरूले संकलन गरेको निक्षेपको ९० प्रतिशतसम्म कर्जा लगानी गर्न सक्छन्। तर हाल बैंकहरूको औसत कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) झरेर ७६.१८ प्रतिशतमा सीमित भएको छ। यसले प्रस्ट पार्छ कि बैंकहरूसँग  लगानीयोग्य रकम प्रशस्त भए पनि लगानी सकिएको छैन।

निक्षेप बढ्यो, बढेन कर्जा 

२०८२ असारसम्मको अवधिमा वाणिज्य बैंकहरूले करिब ५७ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्। यता कर्जा प्रवाह भने ४५ खर्ब ७१ अर्ब रुपैयाँ मा मात्रै पुगेको छ। यो  अवधिमा  निक्षेपमा ७ खर्ब ७६ अर्ब रुपैयाँ को वृद्धि भएको देखिन्छ, तर कर्जामा  ४ खर्ब ३ अर्ब रुपैयाँको मात्रै वृद्धि सीमित रहनु बैंकहरूको लगानी प्रवाह सुस्त भएको संकेत हो।

ग्लोबल आईएमई आक्रामक

यो  अवधिमा  निक्षेप र कर्जा वृद्धिमा ग्लोबल आईएमई बैंक सबैभन्दा आक्रामक देखिएको छ। यस बैंकले निक्षेप ७०.१६% ले बढाएको छ भने कर्जा प्रवाह ४९.८६% ले विस्तार गरेको छ। त्यस्तै, एनआईसी एशिया बैंकको निक्षेप ३६.०५% ले घटेको छ र कर्जा प्रवाह पनि अघिल्लो वर्षको तुलनामा कम भएको देखिन्छ। कुमारी बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंक पनि कर्जा लगानीमा सुस्त देखिएका छन्।

१४  बैंकको सीडी रेसियो ८०% मुनि 

२०८२ असार मसान्तसम्म वाणिज्य बैंकहरूका सीडी रेसियोको विश्लेषण गर्दा १४ वटा बैंकको अनुपात ८०% मुनि झरेको देखिन्छ। बाँकी बैंकहरूको सीडी रेसियो भने ८०–९०% को सीमामा छ।

  • सबैभन्दा उच्च प्राइम कमर्सियल बैंक – ८३.३९%

  • सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंक – ६२.५९%

  • ७०% मुनि झरेका तीन बैंक: राष्ट्रिय वाणिज्य, प्रभु बैंक, र स्ट्यान्डर्ड चार्टर्ड बैंक

सीडी रेसियो गणना गर्दा निक्षेपमा केवल ग्राहकबाट आएको रकम मात्र होइन, पुँजीकोष, केही प्रकारका ऋणपत्र, विदेशी ऋण (१ वर्षभन्दा बढी अवधि भएको) तथा पुनःकर्जा रकम पनि जोडिन्छ।
तर Loan-to-Deposit Ratio जस्तो अन्य सूचकमा अन्तरबैंक निक्षेप समावेश गर्न पाइँदैन।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको