सिद्धार्थ क्यापिटल लिमिटेडले व्यवस्थापन गरेको सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम (सिद्धार्थ व्यवस्थित लगानी योजना) ले गत आर्थिक वर्षका लागि कर सहित ८ प्रतिशत नगद लाभांश घोषणा गरेको छ।
क्यापिटलका अनुसार, साउन ११ गतेसम्म इकाइधनी दर्ता किताबमा नाम रहेका इकाइधनीहरू मात्र यो लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
लाभांशबाट प्राप्त रकमलाई स्किमकै इकाइ खरीद गरेर पुनः लगानी गर्न सकिने व्यवस्था गरिएको छ। पुनः लगानी गर्न चाहने इकाइधनीका हितग्राही खातामा लाभांश बराबरको इकाइ जम्मा गरिनेछ। पुनः लगानी नगर्न चाहने इकाइधनीहरूको हकमा भने लाभांश रकम बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस