Like us!
Follow us!
Connect us!
Watch us!

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कमायो १२.७५ लाख नाफा - कस्ता छन् अन्य सूचांक ?

अर्थ संसार

विहीबार, १५ साउन २०८२, १२ : २७ मा प्रकाशित

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले कमायो १२.७५ लाख नाफा - कस्ता छन् अन्य सूचांक ?

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को चौथौ त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । कम्पनीले चौथो त्रैमाससम्म नाफा र बीमा शुल्क दुबैमा उल्लेखनीय वृद्धि गरेको छ।

खुद नाफा

बिहीबार कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार यस आवमा १२ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ७ लाख १० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ७९.५७ प्रतिशत बढी हो ।

खुद बीमा शुल्क

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क पनि बृद्धि भएको छ । गत वर्ष कम्पनीले ५ करोड ६७ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ करोड ७३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

कुल बीमा शुल्क

यस अवधिमा कम्पनीको कुल बीमा शुल्क आर्जन ५७१ प्रतिशतले बृद्धि भएर १८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले गत आवको सोही अवधिमा अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले २ करोड ७८ लाख ४२ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

चुक्ता पुँजी/विशेष जगेडा/महाविपत्ति कोष/सञ्चित नाफा/अन्य इक्विटी

५२ करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको विशेष जगेडामा २३ लाख १९ हजार रुपैयाँ, महाविपत्ति कोषमा २ लाख ३१ हजार रुपैयाँ, सञ्चित नाफा ५ लाख ३३ हजार रुपैयाँ र अन्य इक्विटीमा १५ लाख ९१ हजार रुपैयाँ रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको