Like us!
Follow us!
Connect us!
Watch us!

इच्छाकामना गाउँपालिकालाई प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा साढे ३७ लाख बीमा रकम हस्तान्तरण

अर्थ संसार

मंगलबार, ०२ मंसिर २०८२, १५ : ३४ मा प्रकाशित

इच्छाकामना गाउँपालिकालाई प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सद्वारा साढे ३७ लाख बीमा रकम हस्तान्तरण

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स भरतपुर शाखाले इच्छाकामना गाउँपालिकालाई बीमा दाबीअन्तर्गत प्राप्त रकम औपचारिक रूपमा हस्तान्तरण गरेको छ।

शनिबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङ, उपाध्यक्ष माया सिलवाललगायत जनप्रतिनिधिहरूको उपस्थितिमा शाखा प्रमुख कुमार उप्रेतीले ३७ लाख ६५ हजार रुपैयाँको चेक हस्तान्तरण गरे। भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा आन्दोलनकारीद्वारा जलाइएका गाउँपालिकाका एक स्कर्पियो र एक बोलेरो गाडीका क्षतिपूर्तिस्वरूप उक्त बीमा रकम प्रदान गरिएको हो।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सेवा ग्रहणकर्ताको जोखिम न्यूनीकरण तथा बीमा दाबी भुक्तानी प्रक्रियामा द्रुत, पारदर्शी र दिगो सेवा उपलब्ध गराउने प्रतिबद्धता दोहोर्याएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको