Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

शुक्रबार, १३ जेठ २०७९, १४ : २२ मा प्रकाशित

रिभर फल्स पावरको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

रिभर फल्स पावर कम्पनी लिमिटेडले वैशाख २८ गते, बुधबारदेखि जेठ ४ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड जेठ ९ गते, साेमबार नै सम्पन्न भइसकेकाे छ ।

कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ८७ रूपैयाँ ९८ पैसादेखि अधिकतम २ सय ६३ रुपैयाँ ९४ पैसासम्म ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को  प्रतिसेयर नेटवर्थ ८७ रूपैयाँ ९८ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ६३ रुपैयाँ ९४ पैसा हुन्छ ।

 कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि , २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका र २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा १८ लाख ५९ हजार २ सय ४२ जना लगानीकर्ताहरूले २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, १८ लाख ५ हजार ४ सय ४० जना याेग्य लगानीकर्ता थिए ।  गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ५३ हजार ८ सय ९० जना लगानीकर्ताले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको