Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्य कै भर !

अर्थ संसार

बुधबार, ०४ जेठ २०७९, १७ : २९ मा प्रकाशित

रिभर फल्स पावरको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन, सेयर पाउन भाग्य कै भर !

रिभर फल्स पावर कम्पनी लिमिटेडले वैशाख २८ गते, बुधबारदेखि आज (जेठ ४ गते, बुधबार) सम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा आवेदनको ओइरो लागेकाे छ ।

सीडीएसका अनुसार अन्तिम दिन आज बुधबार साँझ ५:११ बजेसम्म १८ लाख ३८ हजार ४ सय ३१ जना आवेदकहरुले २ अर्ब ११ करोड ३२ लाख ८२ हजार रूपैयाँ बराबरकाे २ करोड ११ लाख ३२ हजार ८ सय २० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि , २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका र २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको