Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको आईपीओ आज बाँडफाँड हुने, सेयर पाउने भाग्यमानी कति ?

अर्थ संसार

सोमबार, ०९ जेठ २०७९, १३ : ०४ मा प्रकाशित

रिभर फल्स पावरको आईपीओ आज बाँडफाँड हुने, सेयर पाउने भाग्यमानी कति ?

रिभर फल्स पावर कम्पनी लिमिटेडले वैशाख २८ गते, बुधबारदेखि जेठ ४ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (जेठ ९ गते, साेमबार) हुने भएकाे छ ।

उक्त आईपीओकाे बाँडफाँड आज दिउँसाे ४ बजे प्रभु क्यापिटकाे कार्यालय, कमलादी, काठमाडाैँ हुने तय भएकाे प्रभु क्यापिटलका चीफ अपरेटिङ अफिसर कृष्ण गिरीले अर्थ संसारलाई जानकारी दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि , २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका र २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १८ लाख ५० हजार २ सय ७७ जना लगानीकर्ताहरूले २ करोड १२ लाख ५९ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएको भन्दा ८.३७ गुणा धेरै हो । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी २ लाख ५३ हजार ८ सय ९० जना लगानीकर्ताहरूले १० कित्ता सेयर हात पार्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको