Like us!
Follow us!
Connect us!
Watch us!

रिभर फल्स पावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

अर्थ संसार

सोमबार, ०९ जेठ २०७९, १६ : २७ मा प्रकाशित

रिभर फल्स पावरको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने रिजल्ट ?

रिभर फल्स पावर कम्पनी लिमिटेडले वैशाख २८ गते, बुधबारदेखि जेठ ४ गते, बुधबारसम्म सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (जेठ ९ गते, साेमबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड प्रभु क्यापिटकाे कार्यालय, कमलादी, काठमाडाैँमा सम्पन्न भएकाे हाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा १८ लाख ५९ हजार २ सय ४२ जना लगानीकर्ताहरूले २ करोड १३ लाख ९४ हजार ६ सय ३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये, १८ लाख ५ हजार ४ सय ४० जना याेग्य लगानीकर्ता थिए ।  गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी २ लाख ५३ हजार ८ सय ९० जना लगानीकर्ताले १० कित्ता सेयर प्राप्त गरेका छन् ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २७ करोड ३० लाख रुपैयाँ बराबरको २७ लाख ३० हजार कित्ता साधारण सेयर आईपीओ निष्कासन गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५ सय कित्ता म्युचुअल फण्डका लागि , २ प्रतिशत अर्थात् ५४ हजार ६ सय कित्ता सेयर कर्मचारीहरुका र २५ लाख ३८ हजार ९ सय कित्ताका लागि सर्वसाधारणका लागि छुट्याइएकाे थियाे ।

कसरी हेर्ने रिजल्ट ?

आईपीओ बाँडफाँडको काम सम्पन्न भईसकेको भएपनि डाटा अपलोड गर्न केही समय लाग्ने भएकाले आईपीओको नतिजा हेर्न भने केही समय कुर्नुपर्ने हुन्छ । रिजल्ट सार्वजनिक भएपछि कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सञ्चालनमा ल्याएकाे  (https://iporesult.cdsc.com.np/) नामक वेभसाइटबाट, निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडकाे वेभसाइट (https://www.prabhucapital.com/share-allotment) , रिभर फल्स पावरकाे वेभसाइट (https://www.riverfallshydro.com.np/) र  मेराे सेयरमा गई आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर त्यहाँबाट हेर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको