Like us!
Follow us!
Connect us!
Watch us!

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत तिलोत्तमा पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न

अर्थ संसार

सोमबार, १९ साउन २०८२, ११ : १० मा प्रकाशित

एनएमबि बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत तिलोत्तमा पार्कमा बृक्षारोपण कार्यक्रम सम्पन्न

एनएमबि बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित तिलोत्तमा पार्कमा  बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। पार्कमा ड्र्यागन फ्रुट, अम्बा, आप, लिचि, कटर लगायत करिब दुइ सय फलफुलका विरुवा रोपिएको हो ।  

एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बिरुवा रोपेर बृक्षारोपण कार्यक्रमको शुरुवात गरेका थिए। उनले एनएमबि बैंक दिगो विकास अन्तरगत वातावरण मैत्री  र पर्यावरण संरक्षणको लागि प्राथमिकता राखेर काम गरिरहेको बताए । जलवायु परिवर्तनको असरबाट पर्ने नकारात्मक प्रभावबाट जोगिन एनएमबि बैंकले मुलुकका सातै प्रदेशमा बृक्षारोपण तथा वातावरण सरसफाइका अभियानहरु  निरन्तर गरिरहेको बताए। उनले हरित अर्थतन्त्र वा ‘ग्रिनोमिक्स’ अर्थात  वातावरणमैत्री, दिगो र समावेशी विकासलाई प्राथमिकता दिने गरि एनएमबि बैंकका सम्पूर्ण बैंकिङ कारोबार तथा  कर्जा लगानीहरु गरेको बताउदै नेपालको आर्थिक वृद्धिसँगै पर्यावरणको संरक्षण, स्वच्छ ऊर्जाको प्रवर्द्धन तथा जलवायु अनुकूललाइ एनएमबि बैंकले आत्मसात् गरेको उल्लेख्य गरे।

तिलोत्तमा वाड नम्बर ६ का अध्यक्ष गणेश पाठकले एनएमबि बैंकले तिलोत्तमा नगरपालिकाको तिलोत्तमा पार्कलाइ छ्नौट गरि बृक्षारोपण गरेको आभार व्यक्त गर्दै आगामी दिनमा पनि निरन्तर सहयोगको अपेक्षा राख्दै धन्यवाद ज्ञापन गरे । तिलोत्तमा पार्कका अध्यक्ष दिपक पाठकले तिलोत्तमा नगरपालिकामा रहेको तिलोत्तमा पार्कलाइ उत्कृष्ट र सबैको आकर्षणको केन्द्र बनाउने अभियानमा आफुहरु लागेको जानकारी दिए।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको