Like us!
Follow us!
Connect us!
Watch us!

७७ प्रतिशतले बढ्यो मिथिला लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

अर्थ संसार

विहीबार, २२ साउन २०८२, ११ : ०५ मा प्रकाशित

७७ प्रतिशतले बढ्यो मिथिला लघुवित्तको नाफा, प्रतिसेयर आम्दानी कति ?

मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षका चौथो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्ला आवको सोही अवधिको तुलनामा नाफा बढेको हो । 

लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७७ प्रतिशत बढी हो अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको हो ।


समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४१.८६ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ३४.९१ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४०.३६ प्रतिशत र सञ्चालन मुनाफा १०७.६८ प्रतिशत बढेको छ । नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । 

समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १३ रुपैयाँ ३२ पैसा बढेर ३७ रुपैयाँ ५८ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिसेयर नेटवर्थ १९१ रुपैयाँ २९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४२.५५ गुणा रहेको छ । २२ करोड ३९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस लघुवित्तको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ सञ्चित छ । गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले १ अर्ब ७७ करोड रुपैयाँ सापटी तथा १ अर्ब १८ करोड रुपैयाँ निक्षेप संकलन गरी २ अर्ब ९६ करोड कर्जा प्रवाह गरेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको