Like us!
Follow us!
Connect us!
Watch us!

२४० प्रतिशतले बढ्यो समता लघुवित्तको नाफा - अन्य वित्तीय सूचकहरूमा पनि उल्लेख्य सुधार

अर्थ संसार

विहीबार, २२ साउन २०८२, ११ : ४८ मा प्रकाशित

२४० प्रतिशतले बढ्यो समता लघुवित्तको नाफा - अन्य वित्तीय सूचकहरूमा पनि उल्लेख्य सुधार

समता घरेलु लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको वित्तीय विवरणले संस्थाको आम्दानी, नाफा र सञ्चालन मुनाफामा उल्लेख्य वृद्धि देखाएको छ। वित्तीय सूचकहरूमा देखिएको सुधारले संस्थाले सशक्त लाभांश वितरण क्षमता हासिल गर्दै दीर्घकालीन वित्तीय स्थायित्वतर्फ बलियो  कदम चालेको संकेत गरेको छ।

नाफा

वित्तीय विवरणअनुसार गत आर्थिक वर्षमा संस्थाले ८ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा संस्थाले २ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा संस्थाको नाफा २४०.९१ प्रतिशतले बढेको छ।

सञ्चालन मुनाफा

यो वर्षमा संस्थाको सञ्चालन मुनाफा १४ करोड ८५ रुपैयाँ भएको छ। अघिल्लो वर्ष सञ्चालन मुनाफा ४ करोड ३९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा संस्थाको सञ्चालन मुनाफामा २३७.९४ प्रतिशतले बढेको छ।

ब्याज आम्दानी

गत आर्थिक वर्षमा संस्थाले ३३ करोड ७७ लाख रुपैयाँ ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष संस्थाले १९ करोड ४४ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो। ब्याज आम्दानी ७३.७५ प्रतिशतले बढेको छ।

वितरणयोग्य मुनाफा

समीक्षा वर्षमा संस्थाको वितरणयोग्य मुनाफा ६ करोड ८६ लाख रुपैयाँ रहेको छ। योसँगै संस्थाले १०.९१ प्रतिशत लाभांश वितरण गर्न सक्ने क्षमता बनाएको छ।

चुक्तापुँजी/रेटिन्ड अर्निङ र रिजर्भ

चुक्तापुँजी ६२ करोड ९० लाख रुपैयाँ रहेको संस्थाको रेटिन्ड अर्निङ र रिजर्भको आकार बढेर क्रमशः ६ करोड ८६ लाख रुपैयाँ र १५ करोड ३८ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिटेन्ड अर्निङ ३ करोड १८ लाख रुपैयाँ र रिजर्भमा १४ करोड १२ लाख रुपैयाँ थियो।

सापटी/कर्जा लगानी

समीक्षा वर्षमा संस्थाले ३ अर्ब ३७ करोड ४५ लाख रुपैयाँ सापटी लिएर ५ अर्ब ४९ करोड ६४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष संस्थाले २ अर्ब ३२ करोड ४३ लाख रुपैयाँ सापटी लिएर ४ अर्ब २६ करोड ९२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।

खराब कर्जा

समीक्षा वर्षमा संस्थाको खराब कर्जा अनुपात (एनपीएल) घटेर ६.८७ प्रतिशत कायम भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म पनि संस्थाको एनपीएल १०.४८ प्रतिशत थियो।

प्रतिसेयर आम्दानी/प्रतिसेयर नेटवर्थ

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) बढेर १३.५१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ४.४२ रुपैयाँ थियो। पीई रेसियो ७० गुणा रहेको संस्थाको प्रतिसेयर नेटवर्थ १३५.३७ रुपैयाँ रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro Viber

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको