Like us!
Follow us!
Connect us!
Watch us!

‘नबिल फ्लेक्सी क्याप फण्ड’ले घोषणा गर्यो लाभांश

अर्थ संसार

शुक्रबार, २३ साउन २०८२, ११ : २३ मा प्रकाशित

‘नबिल फ्लेक्सी क्याप फण्ड’ले घोषणा गर्यो लाभांश

नबिल म्युचुअल फण्डअन्तर्गत सञ्चालित खुला लगानी योजना ‘नबिल फ्लेक्सी फण्ड’ ले आर्थिक वर्ष २०८१/८२ का लागि ९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। यो निर्णय योजना व्यवस्थापक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको साउन २२ गते बसेको सञ्चालक समितिको बैठकले गरेको हो।

नबिल बैंक लिमिटेड कोष प्रवद्र्धन रहेको उक्त योजनामा लाभांश करसहित नगद रूपमा उपलब्ध गराइनेछ। लाभांश वितरणका लागि साउन २३ गते एक दिनका लागि बुक क्लोज गरिने भएकाले, साउन २२ गतेसम्मका इकाईधनीहरू मात्र लाभांश प्राप्त गर्न योग्य हुनेछ।

योजना व्यवस्थापकका अनुसार, यो खुला लगानी योजना भएकाले इकाईधनीहरूले लाभांश रकम पुनः लगानी गर्न पनि सक्नेछन्। पुनः लगानीका लागि साउन २७ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको