Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको नाफा २७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ? (विवरणसहित)

अर्थ संसार

विहीबार, ०८ माघ २०७७, ०८ : ११ मा प्रकाशित

सिटिजन्स बैंकको नाफा २७ प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी कति ?  (विवरणसहित)

सिटिजन्स बैंक इन्टरनेशल लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ८७ करोड ५१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत वर्षकाे सोही अवधिको तुलनामा २७.२६ प्रतिशतले धेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंकले ६८ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियो । 

दोस्रो त्रैमासमा बैंकले १ अर्ब ६१ करोड ६१ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे यसै अवधिकाे तुलनामा १२.३९ प्रतिशतले धेरै हाे । त्यसैगरी, दोस्रो त्रैमासमा बैंकले १ अर्ब १६ करोड २० लाख रुपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा रकम गत वर्षकाे यसै अवधिकाे तुलनामा २१.५६ प्रतिशतले धेरै हाे । 

यसका साथै, दोस्रो त्रैमासमा बैंककाे अन्य सञ्चालन आम्दानी २ करोड ६३ लाख रुपैयाँबाट बढेर ११ करोड ३२ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, बैंककाे चुक्ता पूँजी ९ अर्ब ८१ करोड रुपैयाँ, जगेडा कोषमा ३ अर्ब ४३ करोड ८० लाख रुपैयाँ, प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८३ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ ९५ पैसा रहेकाे छ । 

बैंक​ले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको