Like us!
Follow us!
Connect us!
Watch us!

अब सिटिजन्स बैंककाग्राहकले आफ्नो मोबाइलबाटै मोबाइल बैंकिङ्गपिन रिसेट गर्न सक्ने

अर्थ संसार

विहीबार, २९ असोज २०७७, १० : ३६ मा प्रकाशित

अब सिटिजन्स बैंककाग्राहकले आफ्नो मोबाइलबाटै मोबाइल बैंकिङ्गपिन रिसेट गर्न सक्ने

अर्थ संसार, काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अब बैंकमा नगईकन मोबाइल बैंकिङ्गको पिन रिसेट गर्ने सुबिधाको सुरुवात  गरेको छ । बैंकका ग्राहकले अब मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदनदिने झनझटबाट मुक्तहुने भएका छन् । हालको विषम परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपमा आधारभूत बैंकिङ्ग सेवाप्रदानगनैं र डिजिटल माध्यमबाट कारोवार गर्न सहयोग पुर्याउने उद्देश्यका साथ यो सेवाको सुरुवात गरेको हो ।

साथै कोभिड १९ को त्रास अझै  पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमान आइकनै बैकिङ्ग सुबिधाप्राप्तगर्न सहजहोस् भनी यस बैंकमा बचत खाता संचालनगर्दै आउनुभएका ग्राहक महानुभावहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्कमिनाहा हुने व्यवस्था समेत मिलाइएको छ ।

यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने,  डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने  कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । विश्वकाअधिकांशमुलुकहरु कोरोना भाइरसको महामारीबाट आक्रान्तबनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतमप्रयोग गर्दै सावधानी पूर्वक आफ्नाआदरणीय ग्राहक महानुभावहरुको वित्तीयआवश्यकताहरु डिजिटली प्रदानगरिरहेको छ ।

नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले यस बैंकको ए.टि.एमकुनै पनि बैंकको ए.टि.एममा प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको छ । कर्जालाई सरल र सहजतरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५०% वार्षिक ब्याजदरमाएसएमई कर्जा (साना तथा मझौला कर्जा) ९.५०% वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगत कर्जा) १०.९९%  वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना संचालनमाल्याएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको