साताको पहिलो दिन सुनको मूल्य सामान्य घटेको छ । गत शुक्रबार एतिहासिक रेकर्ड कायम गरेको सुनको मूल्यमा आज सामान्य घटेको हो ।
आज सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेर १ लाख ९९ हजार २०० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो शुक्रबार सुन तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँमा करोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेको छ । आज चाँदी तोलाको २ हजार ३३० रुपैयामा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाका े२ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस