Like us!
Follow us!
Connect us!
Watch us!

अभियान लघुवित्तको नाफा बढ्यो, आम्दानीमा उच्च वृद्धि ,खराब कर्जामा सुधार

अर्थ संसार

आइतबार, २५ साउन २०८२, १० : ५४ मा प्रकाशित

अभियान लघुवित्तको नाफा बढ्यो, आम्दानीमा उच्च वृद्धि ,खराब कर्जामा सुधार

अभियान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक बर्षको वित्तिय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार अघिल्लो आर्थिक वर्ष (आव) मा २ करोड ४४ लाख रुपैयाँ खुद घाटामा रहेको लघुवित्त गत आवमा ६ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। लघुवित्त गत वर्ष १८ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीले  ७ करोड ६६ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो ।

त्यसैगरी कम्पनीको कुल सञ्चालन आम्दानी ८ करोड ९७ लाख रुपैयाँबाट बढेर २३ करोड ६१ लाख रुपैयाँ पुगेको छ भने अघिल्लो वर्ष कम्पनी २ करोड ९२ लाख सञ्चालन घाटामा रहेकोमा गत वर्ष १० करोड २४ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ।

यससँगै अघिल्लो वर्ष कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ९.७९ रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष २६.४२ रुपैयाँ धनात्मक भएको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १२६.९८ रुपैयाँ रहेको छ। चुक्ता पूँजी २५ करोड रुपैयाँ रहेको कम्पनीको रिजर्भमा १० करोड ७४ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष वितरणयोग्य नाफा (लाभांश क्षमता) ७ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेकोमा गत वर्ष ४ करोड रुपैयाँ ऋणात्मकमा झरेको छ। अघिल्लो वर्ष ४.९८ प्रतिशत रहेको खराब कर्जा (एनपीएल) पनि गत वर्ष घटेर ४ प्रतिशतमा झरेको छ। कम्पनीले २ अर्ब ९१ करोड रुपैयाँ सापटी लिएर ३ अर्ब ४५ करोड रुपैयाँ कर्जा प्रवाह गरी ३५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको