Like us!
Follow us!
Connect us!
Watch us!

नेपालले सुरु गर्‍यो स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प’

अर्थ संसार

मंगलबार, २७ साउन २०८२, १५ : ५५ मा प्रकाशित

नेपालले सुरु गर्‍यो स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प’

सामसुङ नेपालले स्मार्टफोन मर्मतका लागि ‘सामसुङ मनसुन क्याम्प २०२५’ सुरु गरेको घोषणा गरेको छ । कम्पनीले मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति मनसुन क्याम्प सुरु गरेको जनाएको छ ।

कम्पनीले ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो । यो ग्राहक सेवा अभियान यही २४ अगस्टसम्म मात्र सञ्चालन हुने जानकारी कम्पनीले दिएको छ ।

कम्पनीका अनुसार उक्त अभियानअन्तर्गत सामसुङ प्रयोगकर्ताहरूले वारेन्टी भए/नभएको कुराले फरक नपारी, अधिकृत सामसुङ सेवा केन्द्रमा गए नोक्सान भएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन् । यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ, श्रम शुल्क र थप पार्ट्सको लागत ग्राहक आफैँले व्यहोर्नु पर्नेछ । यो सेवा केवल सामसुङका अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुने छ ।

सामसुङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख (सीएस) राजन भट्टराईले भने, ‘सामसुङ नेपालमा हामी हाम्रा ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौँ । वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्छन् । त्यसैले हामी मनसुन क्याम्पमार्फत समयमै मर्मत सुविधा दिन चाहन्छौँ, ताकि हाम्रा प्रयोगकर्ताले आफ्नो फोन प्रयोग गर्न सकून् ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको