अपि पावर कम्पनी लिमिटेडले दिव्य ज्योति हाइड्रोपावर प्रा.लि.को सम्पूर्ण स्वामित्व लिन निर्णायक कदम चालेको छ।
मंगलबार बसेको सञ्चालक समितिको बैठकले हाल दिव्य ज्योति हाइड्रोपावरमा रहेको सम्पूर्ण सेयर खरिद गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको कम्पनीले जनाएको छ।
दिव्य ज्योति हाइड्रोपावरले ५० मेगावाट क्षमताको मस्याङ्गदी बेसी जलविद्युत आयोजना निर्माणको तयारी गरिरहेको छ। पूर्ण स्वामित्व प्राप्त भएपछि, अपि पावरले उक्त आयोजना निर्माण, सञ्चालन तथा व्यवस्थापनमा प्रत्यक्ष नियन्त्रण प्राप्त गर्नेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस