Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरका सञ्चालक द्वारिका न्यौपानेले दिए राजीनामा, कैलाली–१ बाट उम्मेदवार बनेपछि पद त्याग

अर्थ संसार

बुधबार, ०७ माघ २०८२, १२ : २९ मा प्रकाशित

अपि पावरका सञ्चालक द्वारिका न्यौपानेले दिए राजीनामा, कैलाली–१ बाट उम्मेदवार बनेपछि पद त्याग

अपि पावर कम्पनी लिमिटेडका सञ्चालक द्वारिका प्रसाद न्यौपानेले कम्पनीको सञ्चालक पदबाट औपचारिक रूपमा राजीनामा दिएका छन्। कम्पनीको माघ ६ गते साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।

कम्पनीले नेपाल स्टक एक्सचेन्ज लिमिटेडलाई जानकारी गराएअनुसार न्यौपानेले माघ ५ गतेदेखि लागू हुने गरी सञ्चालक पदमा रहँदै जिम्मेवारी सम्हाल्न असमर्थ रहेको उल्लेख गर्दै राजीनामा पेश गरेका थिए। बैठकले उक्त राजीनामालाई अनुमोदन गरेको कम्पनीले जनाएको छ।

यद्यपि, न्यौपानेको राजीनामाको पृष्ठभूमि राजनीतिक सक्रियतासँग जोडिएको छ। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कैलाली क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) को तर्फबाट उम्मेदवारी दर्ता गराइसकेका छन्। जेन–जी आन्दोलनपछिको राजनीतिक परिवेशमा एमालेले युवामुखी नेतृत्वलाई अघि सार्ने रणनीति अन्तर्गत न्यौपानेलाई उम्मेदवार बनाएको हो।

युवा नेताका रूपमा चिनिएका न्यौपाने यसअघि प्रदेशसभा सदस्य पदमा समेत उम्मेदवार बनेका थिए। स्थानीय तहदेखि केन्द्रीय तहसम्म विकास निर्माणका विषयमा सक्रिय भूमिका निर्वाह गर्दै आएका उनी उत्पादन र राजनीतिलाई जोड्ने अभियानका कारण युवामाझ लोकप्रिय मानिन्छन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको