Like us!
Follow us!
Connect us!
Watch us!

सागर डिष्टिलरीको आईपीओ आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

अर्थ संसार

बुधबार, २८ साउन २०८२, ०७ : ०९ मा प्रकाशित

सागर डिष्टिलरीको आईपीओ आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

सागर डिष्टिलरी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आज (साउन २८ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ।

कम्पनीले ७२ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २० प्रतिशत बराबरको १४ करोड ५२ लाख रुपैयाँ अर्थात १४ लाख ५२ हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत बराबरको १ लाख ४५ हजार २०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका र नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरिसकेका नेपालीहरूका लागि छुट्याइएको हो।

आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ। आवेदन भदौ १ गतेसम्म दिन सकिनेछ भने सो अवधिमा पूर्ण सदस्यता नपुगेमा भदौ ११ गतेसम्म अवधि लम्बिनेछ।

इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई [ICRNP-IRBB+] इश्युअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको समयमा वित्तीय दायित्व पूरा गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवा प्रदान गर्ने बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको