Like us!
Follow us!
Connect us!
Watch us!

२२१ प्रतिशतले बढ्यो श्रृजनशील लघुवित्तको नाफा - ब्याज आम्दानीसँगै ईपीएसमा पनि बृद्धि

अर्थ संसार

बुधबार, २८ साउन २०८२, ११ : ०८ मा प्रकाशित

२२१ प्रतिशतले बढ्यो श्रृजनशील लघुवित्तको नाफा - ब्याज आम्दानीसँगै ईपीएसमा पनि बृद्धि

श्रृजनशील लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय प्रतिवेदन सार्वजनिक गरेको छ। प्रतिवेदनअनुसार,कम्पनीको खुद नाफा अघिल्लो वर्षको १ करोड ४० लाख रुपैयाँबाट बढेर ४ करोड ५० लाख रुपैयाँ पुगेको छ, जसमा २२१.१६ प्रतिशतको उल्लेखनीय वृद्धि भएको हो ।

५६.५९ प्रतिशतले बढ्यो खुद ब्याज आम्दानी

संस्थाको खुद ब्याज आम्दानी ५६.५९ प्रतिशतले बढेर १६ करोड ८८ लाख रुपैयाँ पुगेको छ ।

कमिसनमार्फत हुने आम्दानी

साथै गत आवमा संस्थाले कमिसनमार्फत दुई करोड ८६ लाख रुपैयाँ आम्दानी गरेको छ ।

बढ्यो निक्षेप संकलन र कर्जा परिचालन

संस्थाको निक्षेप संकलन ११.१७ प्रतिशत बढेर ८४ करोड ६९ लाख रुपैयाँ पुगेको छ भने कर्जा परिचालन २३.०९ प्रतिशत बढेर दुई अर्ब ६९ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

वितरणयोग्य मुनाफा

संस्थाको वितरणयोग्य मुनाफा ३ करोड ५१ लाख ६६ हजार रुपैयाँ रहेको छ।

चुक्तापूँजी,रिटेन्ड अर्निङ,रिजर्भ

भने संस्थाको चुक्तापूँजी १० करोड ९३ लाख रुपैयाँ, रिटेन्ड अर्निङ ५ करोड ७ लाख रुपैयाँ र रिजर्भमा ११ करोड ६ लाख रुपैयाँ सञ्चित रहेको छ ।

एनपीएल

संस्थाको एनपीएल भने ६.४९ प्रतिशतबाट बढेर ९.७९ प्रतिशत पुगेको छ । 

इपीएस

यता संस्थाको इपीएस भने १२.८४ रुपैयाँबाट बढेर ४१.२५ रुपैयाँ पुगेको छ ।

संस्थाको नेटवर्थ र मूल्य आम्दानी अनुपात

त्यस्तै, संस्थाको नेटवर्थ २४७.६० रुपैयाँ, मूल्य आम्दानी अनुपात ५२.६० गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको