Like us!
Follow us!
Connect us!
Watch us!

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज फेरि २५ अर्ब खिच्दै

अर्थ संसार

बुधबार, २८ साउन २०८२, १२ : २६ मा प्रकाशित

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले आज फेरि २५ अर्ब खिच्दै

बैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले २५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ ।

केन्द्रीय बैंकले आज साउन २८ गते फेरि बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तान्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। सो निक्षेप संकलनमा घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्म बोलकबोल गर्न सकिने उल्लेख छ ।निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।यो २५ दिने निक्षेप संकलन उपकरणको भदौ २२ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको