Like us!
Follow us!
Connect us!
Watch us!

घोस्टेखोर लघुजलविद्युत् परियोजनाको परीक्षण सफल

आइतबार, २१ माघ २०७४, ०८ : ४० मा प्रकाशित

घोस्टेखोर लघुजलविद्युत् परियोजनाको परीक्षण सफल

अर्थ संसार, बाबियाचौर, म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखका पर्यटकीय स्थलमा विद्युत् आपूर्तिका लागि निर्माण हुन लागेको घोस्टेखोर लघुजलविद्युत् परियोजनाको परीक्षण सफल भएको छ ।

पचास किलोवाट क्षमताको परियोजनामा जडान गरिएको जेनेरेटर र टर्वाइनको परीक्षण सफल भएको हो । नहर, बाँध निर्माण, तार तान्ने र उपकरण जडानको काम सकिएको परियोजनाको उपभोक्ता समितिका अध्यक्ष लोकबहादुर पाइजाले बताउनुभयो ।

विद्युत्गृह बनाएपछि फागुन पहिलो हप्तादेखि परियोजना नियमित सञ्चालनमा आउने उहाँले बताउनुयभो । गत पुस दोस्रो साता सडक मार्ग भएर शिख पु¥याइएको तार, जेनेरेटर, टर्वाइन लगायतका उपकरण र सामान हेलिकप्टरबाट निर्माण स्थलमा ढुवानी गरिएको थियो ।

ढाँडखर्क, बयली र खोप्राको सामुदायिक लजमा विद्युत् आपूर्तिका लागि स्थानीयबासीको पहलमा चार वर्षअघि देखि परियोजना निर्माण शुरु भएको थियो ।

सरकारी निकायबाट न्यून मात्र सहयोग भएको परियोजना निर्माणका लागि शिखका अगुवा बागबिर पाइजा र सूचना प्रविधिका अभियन्ता महावीर पुनको पहलमा आर्थिक स्रोत जुटाउने क्रम जारी छ ।

रु एक करोड ५० लाख लागत अनुमान गरिएको परियोजना निर्माण अवधि सकिँदा रु दुई करोडभन्दा बढी खर्च हुने अनुमान छ । आर्थिक वर्ष २०७१/७२ मा तत्कालीन जिल्ला समन्वय समितिले रु १० लाख अनुदान उपलब्ध गराएको थियो । भौगोलिक विकटता, महँगो उपकरण र महँगीका कारण लागत बढेको अध्यक्ष पाइजाले बताउनुभयो ।

मानव बस्तीदेखि टाढा रहेकाले केन्द्रीय प्रसारण लाइनको सम्भावना नभएपछि लघुजलविद्युत् परियोजनामार्फत विद्युत् सुविधा पु¥याउन लागिएको हो । विद्युत्सँगै इन्टरनेट, मोबाइललगायत सञ्चार सुविधा सहज हुने पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्

कालिका पावरको आइपिओ आजदेखि खुल्ला, कहाँबाट आवेदन दिने ?

दुई अर्ब ५१ करोड बढीको साधारण सेयर (आइपिओ) जारी हुँदै

विपिसिको एफपिओ सेयर भर्नुभयो ? आज अन्तिम दिन

माउण्ट मकालुको हकप्रद सेयर आजदेखि विक्रीमा, यहाँबाट आवेदन दिनुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको