Like us!
Follow us!
Connect us!
Watch us!

पुटिन–ट्रम्पको अलास्का बैठक आज, युक्रेन संकट समाधान मुख्य एजेन्डा

अर्थ संसार

शुक्रबार, ३० साउन २०८२, ०८ : ३८ मा प्रकाशित

पुटिन–ट्रम्पको अलास्का बैठक आज, युक्रेन संकट समाधान मुख्य एजेन्डा

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आज अलास्कामा ‘वन–अन–वन’ वार्ता हुने भएको छ। क्रेमलिनका अनुसार यो ऐतिहासिक शिखर बैठक अमेरिकाको अलास्कास्थित एन्करेज नजिकैको एक अमेरिकी एयर बेसमा बिहान ११:३० बजे (नेपाल समय अनुसार शुक्रबार राति) सुरु हुनेछ।

वार्तापछि दुवै नेताले संयुक्त पत्रकार सम्मेलनमार्फत वार्ताको परिणाम सार्वजनिक गर्ने कार्यक्रम रहेको छ। यो बैठक पुटिनको सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि आक्रमणपछि कुनै पश्चिमी देशमा भएको पहिलो औपचारिक भ्रमण पनि हो।

मुख्य एजेन्डा: युक्रेन युद्धको समाधान
क्रेमलिनका वरिष्ठ सल्लाहकार युरी उशाकोभका अनुसार बैठकको मुख्य विषय युक्रेन संकट समाधान नै हुनेछ। यद्यपि, पछिल्ला दिनमा रूसको आक्रमण तीव्र भएको र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेंस्कीलाई बैठकमा समावेश नगरिएको कारण युरोपमा पुटिन–ट्रम्पबीच युक्रेनलाई असुविधाजनक सम्झौतामा धकेलिने आशंका बढेको छ।

यससँगै अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षा सम्बन्धी अन्य संवेदनशील मुद्दाहरू पनि छलफल हुने क्रेमलिनले जनाएको छ।

ट्रम्पको चेतावनी
बैठकअघि अमेरिकी राष्ट्रपति ट्रम्पले पुटिनलाई शान्ति सम्झौतामा सहमत हुन वा “अत्यन्त गम्भीर परिणाम” भोग्नुपर्ने चेतावनी दिएका छन्। फक्स न्युजसँगको अन्तर्वार्तामा एक ह्वाइट हाउस अधिकारीले भनेका छन्— “राष्ट्रपतिसँग आवश्यक सबै उपकरणहरू छन्, र उनी युद्धको शान्तिपूर्ण अन्त्यका लागि सबै विकल्प प्रयोग गर्न चाहन्छन्।”

ट्रम्पले पहिले ‘भूमि साटफेर’ को सम्भावना उल्लेख गरेका थिए तर बुधबार युरोपेली नेताहरूसँगको छलफलपछि त्यसबारे आफ्नो धारणा केही परिवर्तन भएको देखिएको छ।

यदि आजको बैठक सफल भएमा, ट्रम्पले पुटिन र जेलेंस्कीलाई समेटेर दोस्रो चरणको वार्ता गर्ने सम्भावनाको संकेत गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको