अस्ट्रेलियामा जारी टप इन्ड सिरिज क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले जितका लागि १७८ रनको लक्ष्य पाएको छ । टर हारेर पहिले ब्याटिङ गरेको एनटी स्ट्राइकले निर्धारीत ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाए पछि नेपालले उक्त लक्ष्य पाएको हो ।
एनटी स्ट्राइकका ओपनर ब्याट्सम्यान डी’आर्ची सर्टले अर्धशतक बनाए । उनले केवल ३४ बलमा एक छक्का र सात चौका पनि प्रहार गरे । थोमस एन्ड्र्यूजले पनि टोलिका लागि अविजित ३३ रनको योगदान दिए । त्यस्तै जोर्डन सिल्कले १९ रन बनाए । नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै साहब आलमले दुई विकेट हात पारे । त्यस्तै रुपेश सिंह, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहित पौडेलले एक÷एक विकेट लिए ।
आईसीसी पुरुष टी–२० विश्वकपको छनोट प्रतियोगिताको तयारीका क्रममा नेपालले यो शृंखला खेलेको हो । टप इन्ड सिरिज अगस्त १४ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ । उक्त शृंखला सकिएलगत्तै नेपाली टोली अस्ट्रेलियामै अर्को शृंखलामा सहभागी हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस