आइतबार पनि सुनको मूल्य घटेको छ । यो साताको पहिलो कारोबार दिन सुनको मूल्य ७०० रुपैयाँले सस्तो भएको हो ।
गत साताको अन्तिम दिन शुक्रबार पनि सुनको मूल्य घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ९५ हजार ५०० रुपैयाँमा करोबार भइरहेको छ । गत शुक्रबार सुन तोलामा १ लाख ९६ हजार २०० रुपैयाँमा करोबार भएको थियो ।
त्यस्तै आज चाँदीको पनि ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य तोलामा २ हजार ३१० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो शुक्रबार चाँदीको मूल्य तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भएको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस